रास्वपाको कार्यालयमा नेपाल शिक्षक महासंघको धर्ना

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाको कार्यालयमा नेपाल शिक्षक महासंघको धर्ना

काठमाडौ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै आन्दोलनरत नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यालयमा धर्ना दिएको छ । विधेयकमा सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले मंगलबार काठमाडौंको बनस्थलीस्थीत रास्वपा कार्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षणपत्र बुझाएको हो ।

शिक्षकहरुको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शिक्षकहरुका जायज मागलाई सरकारले सुन्नुपर्ने बताए । उनले शिक्षकका मुद्दालाई संसदबाट समेत उठाउने आश्वासन दिदै सरकारले बेलैमा शिक्षकका मुद्दामा ध्यान नदिदा उनीहरु राजनीतिक दलको ढोकामा पुगेर धर्ना दिनुपर्ने अवस्था आएको बताए ।

प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेकाले आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ । यसअघि महासंघले एमाले, कांग्रेस र माओवादी मुख्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र बुझाएको थियो ।