राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, संस्थापन इतर समूहको बहिष्कार

User Image Prime TV News ११ महिना अगाडि
Image of राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, संस्थापन इतर समूहको बहिष्कार

काठमाडौ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हाल केन्द्रीय कार्यालय, धुम्बाराहीमा जारी रहेको छ।

बैठक केहीबेर अघि सुरु भएको हो। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार  बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक अवस्था तथा विविध विषयमा गहन छलफल भइरहेको छ। बैठकले आगामी कार्यदिशा निर्धारणमा समेत केन्द्रित हुने बताइएको छ। तर, बैठकमा संस्थापन इतर पक्षले सहभागिता जनाएका छैनन्।

डा. धवलशम्शेर राणा र कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङदेनलाई चार बुँदे मागसहित पत्र पठाउँदै बैठक बहिष्कार गरेको जानकारी दिएका छन्। चार बुँदे मागको विस्तृत विवरण सार्वजनिक भइनसकेको भए पनि, पार्टीभित्रको आन्तरिक असमझदारी चुलिँदै गएको स्पष्ट देखिएको छ।