भारतीय राज्य राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको जलेर मृत्यु

User Image Prime TV News २ महिना अगाडि
Image of भारतीय राज्य राजस्थानमा बसमा आगलागी  हुँदा २० जनाको जलेर मृत्यु

काठमाडौ । भारतीय राज्य राजस्थानअन्तर्गत जैसलमेर जिल्लामा गुडिरहेको बसमा आगलागी  हुँदा २० जनाको जलेर मृत्यु भएको छ । सर्ट सर्किटका कारण एउटा निजी एसी स्लिपर बसमा आगलागी भएको हो ।

जलेर तीन दर्जनभन्दा बढी गम्भीर रूपमा घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार लगभग ७० प्रतिशत जलेका १६ जनालाई जोधपुरको मथुरादास अस्पतालमा भर्ना गरिएको छ  ।

अन्य घाइतेहरूको उपचार जैसलमेरको जवाहर अस्पतालमा भइरहेको छ। मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। जैसलमेरबाट जोधपुर जाँदै गरेको बसमा जम्मा ५७ जना यात्रा गरिरहेका थिए।