भारतीय राज्य राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको जलेर मृत्यु

User Image Prime TV News १० महिना अगाडि
Image of भारतीय राज्य राजस्थानमा बसमा आगलागी  हुँदा २० जनाको जलेर मृत्यु

काठमाडौ । भारतीय राज्य राजस्थानअन्तर्गत जैसलमेर जिल्लामा गुडिरहेको बसमा आगलागी  हुँदा २० जनाको जलेर मृत्यु भएको छ । सर्ट सर्किटका कारण एउटा निजी एसी स्लिपर बसमा आगलागी भएको हो ।

जलेर तीन दर्जनभन्दा बढी गम्भीर रूपमा घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार लगभग ७० प्रतिशत जलेका १६ जनालाई जोधपुरको मथुरादास अस्पतालमा भर्ना गरिएको छ  ।

अन्य घाइतेहरूको उपचार जैसलमेरको जवाहर अस्पतालमा भइरहेको छ। मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। जैसलमेरबाट जोधपुर जाँदै गरेको बसमा जम्मा ५७ जना यात्रा गरिरहेका थिए।