ओली नेतृत्वमा नरहे एमालेसँग पनि हुन सक्छ एकता : संयोजक प्रचण्ड
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन् ।
धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए ।
उनले भने, 'अबको माओवादीको लाइन भनेको चुनाव हो।' साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिए । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, 'केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।'
कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए ।







